ताप्लेजुङ गोल्ड कप : रिदम लिम्बू बने ‘फ्यान अफ दि म्याच’



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको दोस्रो दिनको ‘फ्यान अफ दि म्याच’ मेरिङदेन गाउँपालिका वडा नं. १ थिङ्लाबुका रिदम लिम्बू बन्नु भएको छ । लिम्बू मङ्गलबारको खेलबाट ‘फ्यान अफ द म्याच’मा छनोट हुनु भएको हो । 

गोल नेपाल र समितिको अफिसियल फोटोग्राफर मार्फत गुरुङ ‘फ्यान अफ द म्याच’ मा पर्नु भएको छ । मैदानमा प्रतिष्पर्धा गरिरहेका खेलाडीहरूलाई हौसला प्रदान गर्ने, सपोर्ट गर्ने दर्शकहरुमध्येको उत्कृष्टलाई समिति र गोल नेपाल डट कमले छनोट गरि फ्यान अफ द म्याच घोषणा गरिएको हो । 

तस्विर : ताप्लेजुङ गोल्ड कप

सो टाइटल उहाँले पाएसँगै आयोजकले उपहार स्वरुप राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित केल्मीको फुटबल प्रदान गरिएको छ ।  हरेक दिन एक जना दर्शलाई ‘फ्यान अफ द म्याच’ बनाइने छ । सोमबार भएको उद्‌घाटन खेलमा फुङलिङ नगरपालिका ६ की निशा गुरुङ ‘फ्यान अफ द म्याच’ बन्नुभएको थियो ।

टिकट लिएर खेल हेर्ने दर्शकलाई अन्य दुई ओटा अफरहरू समेत उपलब्ध गराइएको छ । गोलाप्रथाको माध्यमबाट हरेक दिन एक जनालाई मोबाइल सेट प्रदान गरिने छ । त्यस्तै सुट फर द हिरोका लागि दुई जनालाई छनोट गरि विशेष उपहारको समेत ब्यवस्था गरेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १९:२१

ताप्लेजुुङका प्रहरी प्रमुुख रवि रावलको सरुवा

रेडियो काबेलीताप्लेजङु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुख प्रहरी

रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली सम्मानित

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजङको फुङलिङ नगरपालिकामा सञ्चालित रेडियो काबेली ९५.८

कञ्चनजंघा गुल्मको स्थापना दिवसमा सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चजंघा

ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा पत्रकार गुरुङ सहित तिन पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकार देवराज गुरुङ