टिकटकमाथिको प्रतिबन्ध खोल्ने सरकारको तयारी



काठमाडौं । सर्तहरू मान्न तयार भएपछि सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ ।
नेपालको नीति नियम, गोपनीयताको सवाल र सामाजिक तथा सामाजिक सद्भावबारे गम्भीर रहेको र सर्तहरू पालना गर्ने प्रतिबद्धतापछि सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको हो ।

टिकटकको एशिया प्रशान्त कार्यालयले इमेल पठाएर सरकारका शर्त मान्न सकिने जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै प्रक्रिया पु¥याएर प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसक्नुभएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि टिकटक खुल्नेछ । गएको वर्षको कात्तिकमा तीन वटा ठूला दलको सहमतिमा प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १८:१७

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय