टिकटकमाथिको प्रतिबन्ध खोल्ने सरकारको तयारी



काठमाडौं । सर्तहरू मान्न तयार भएपछि सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ ।
नेपालको नीति नियम, गोपनीयताको सवाल र सामाजिक तथा सामाजिक सद्भावबारे गम्भीर रहेको र सर्तहरू पालना गर्ने प्रतिबद्धतापछि सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको हो ।

टिकटकको एशिया प्रशान्त कार्यालयले इमेल पठाएर सरकारका शर्त मान्न सकिने जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै प्रक्रिया पु¥याएर प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसक्नुभएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि टिकटक खुल्नेछ । गएको वर्षको कात्तिकमा तीन वटा ठूला दलको सहमतिमा प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : 6:17 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन