ताप्लेजुङ गोल्डकप : आज छिमेकी जिल्ला पाँचथरले सलहेस युवा क्लब सिरहाको सामना गर्ने



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करणमा आज छिमेकी जिल्ला पाँचथर फुटबल क्लब र सलहेस युवा क्लब सिरहाबीच प्रतिष्पर्धा हुदैछ ।

दुबैटीम आजको प्रतियोगिताबाट बिजयी हुँदै सेमिफाईनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान प्रबेश गर्दैछन् । आजको खेलमा बिजेता बन्ने टीमले भाद्र ६ गते हुने काठमाडौँ र झापाबीचको बिजेतासँगको भेट पक्का गर्नेछ ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माद्यमिक बिद्यालयको प्राङगणमा आयोजित प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा अन्तराष्ट्रिय टोली कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतलाई ७(५ गोलको  अन्तरले पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको बिजेता नगद ५ लाख उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न बिधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

क्वाटर फाईनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यबस्था गरिएको छ । सेमिफाईनलमा २ सय र फाईनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बाबजुत दर्शकका सुबिधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सो कारण सबै दर्शकले टिकट काटेर खेल अवलोकन गरि सहयोग गरिदिनहुन आयोजकले आग्रह गरेको छ ।

प्रकाशित मिति : 6:42 am

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान