ताप्लेजुङ गोल्ड कपको दोश्रो संस्करणमा नयाँ अभ्यास, मन्तव्य कटौती 



 ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको दोश्रो संस्करणमा नयाँ अभ्यासको सुरुवात गरिने तय भएको छ । खेल सञ्चालन पूर्व उद्‌घाटन, समापन तथा हरेक दिनको कार्यक्रममा राखिदै आएको नेताहरूको भाषणलाई  यस वर्ष कटौती गरिने भएको हो ।

त्यस्तै प्रमुख तथा विशिष्ट अतिथिको समेत वर्गीकरण नगरी मर्यादा क्रम अनुसार कार्यक्रममा आमन्त्रित अतिथिलाई आसनग्रहण गराइने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङको भनाई छ । उहाँका अनुसार खेल हेर्न आएको दर्शकहरू नेताहरूको भाषणमा भन्दा पनि खेलको सुरुवात कहिले हुन्छ भन्ने पर्खाईमा बस्ने भएकाले यो अभ्यासको सुरु गरिने भएको हो ।

यस्तै एक दिन प्रमुख तथा विशिष्ट अतिथि बनाइएको अतिथिलाई अर्को दिन खेल हेर्न आउन समस्या हुने, नेताहरूले सो कार्यक्रममा बोलेको कुराको भन्दा पनि खेलको नै बढी चर्चा हुने र मन्तव्यलाई जोड्दा खेल ढिला सुरु भई दुबै टिमले बराबरी खेलेमा सिधै खेल ट्राइबेकरमा लानुपर्ने बाध्यता भएका कारणले यी विविध कुराको अन्त्य गर्न भाषणलाई सुन्या बनाउने योजनालाई अघि सारिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : 6:42 am

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले