ताप्लेजुङ गोल्ड कप : ‘फ्यान अफ द म्याच छनोट’, किरण चेम्जोङद्वारा हस्ताक्षरित बल प्रदान गरिने 



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको दोश्रो संस्करणमा हरेक दिन एक जनालाई फ्यान अफ द म्याच छनोट गरिने भएको छ । यस वर्षको गोल्डकपदेखि ताप्लेजुङको खेल जगतमा नौलो अभ्यासको सुरुवात गरिए अनुसार हरेक दिन उपस्थित हुने हजारौँ दर्शकमध्येबाट १ जनालाई फ्यान अफ द म्याच छनोट गरिने भएको हो ।

लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा लाखेजात्रा पर्वको अवसरमा आयोजित खेलमा फ्यान अफ द म्याच छनोट भएकालाई राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित बल प्रदान गर्ने समितिले जनाएको छ । दर्शकले प्राप्त गर्ने त्यो उपहार अमूल्य हुनेमा आयोजक परिवार ढुक्क रहेको बताइएको छ ।

क्वार्टरफाईनलका ४ ओटा खेल, सेमिफाइनलको २ खेल र फाइनलको १ खेल गरि टिकट काटेर मैदानमा प्रवेश गरेका हजारौँ दर्शकमध्येबाट हरेक दिन एक जनाका दरले ७ जनालाई फ्यान अफ द म्याच छनोट गरि उपहार प्रदान गरिने अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।

बिहीबार कप्तान तथा गोलरक्षक चेम्जोङ र अध्यक्ष गुरुङबीच भेटवार्ता भएको छ । भेटका क्रममा ताप्लेजुङ गोल्ड कपसँग सम्बन्धित विषयमा छलफल भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सोही अवसरमा फ्यान अफ द म्याचले प्राप्त गर्ने बलमा कप्तान तथा गोलरक्षक चेम्जोङले हस्ताक्षर गरि अध्यक्ष गुरुङलाई बुझाउनु भएको छ ।

उहाँले ताप्लेजुङ गोल्डकपको लोकप्रियता र क्रेजको चर्चा आफूले सुनेको बताउनुभएको अध्यक्ष गुरुङको भनाई थियो । गोल्डकपसँग जोडिन पाएकोमा आयोजकको प्रशंसा गर्दै उहाँले जोखिमपूर्ण समयमा फुटबलको क्रेज कायम राख्न गरेको संघर्ष प्रति विशेष धन्यबाद समेत दिनुभयो । अध्यक्ष गुरुङले नेपाली फुटबलमा उहाँले पु¥याउनु भएको योगदानप्रति सम्मान प्रकट गर्दै समस्त जिल्लावासीको तर्फबाट अझ सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

हाल इन्डियन सुपर लिगमा पञ्जाब एफसीमा अनुबन्धित कप्तान चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा टीसी स्पोर्ट्स र माजिया एस एण्ड आरसीलाई बिजयी बनाउनुभयो । स्वदेशी टीम थ्रि स्टारलाई नेपालको ए डिभिजन लिगको च्याम्पियन समेत बनाउन सफल हुनु भयो । उहाँले नेपाल, भारत र माल्दिभ्सको लिगको उपाधि समेत दिलाउनुभयो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ०६:२१

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो