ताप्लेजुङ गोल्ड कप : ‘फ्यान अफ द म्याच छनोट’, किरण चेम्जोङद्वारा हस्ताक्षरित बल प्रदान गरिने 



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको दोश्रो संस्करणमा हरेक दिन एक जनालाई फ्यान अफ द म्याच छनोट गरिने भएको छ । यस वर्षको गोल्डकपदेखि ताप्लेजुङको खेल जगतमा नौलो अभ्यासको सुरुवात गरिए अनुसार हरेक दिन उपस्थित हुने हजारौँ दर्शकमध्येबाट १ जनालाई फ्यान अफ द म्याच छनोट गरिने भएको हो ।

लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा लाखेजात्रा पर्वको अवसरमा आयोजित खेलमा फ्यान अफ द म्याच छनोट भएकालाई राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित बल प्रदान गर्ने समितिले जनाएको छ । दर्शकले प्राप्त गर्ने त्यो उपहार अमूल्य हुनेमा आयोजक परिवार ढुक्क रहेको बताइएको छ ।

क्वार्टरफाईनलका ४ ओटा खेल, सेमिफाइनलको २ खेल र फाइनलको १ खेल गरि टिकट काटेर मैदानमा प्रवेश गरेका हजारौँ दर्शकमध्येबाट हरेक दिन एक जनाका दरले ७ जनालाई फ्यान अफ द म्याच छनोट गरि उपहार प्रदान गरिने अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।

बिहीबार कप्तान तथा गोलरक्षक चेम्जोङ र अध्यक्ष गुरुङबीच भेटवार्ता भएको छ । भेटका क्रममा ताप्लेजुङ गोल्ड कपसँग सम्बन्धित विषयमा छलफल भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सोही अवसरमा फ्यान अफ द म्याचले प्राप्त गर्ने बलमा कप्तान तथा गोलरक्षक चेम्जोङले हस्ताक्षर गरि अध्यक्ष गुरुङलाई बुझाउनु भएको छ ।

उहाँले ताप्लेजुङ गोल्डकपको लोकप्रियता र क्रेजको चर्चा आफूले सुनेको बताउनुभएको अध्यक्ष गुरुङको भनाई थियो । गोल्डकपसँग जोडिन पाएकोमा आयोजकको प्रशंसा गर्दै उहाँले जोखिमपूर्ण समयमा फुटबलको क्रेज कायम राख्न गरेको संघर्ष प्रति विशेष धन्यबाद समेत दिनुभयो । अध्यक्ष गुरुङले नेपाली फुटबलमा उहाँले पु¥याउनु भएको योगदानप्रति सम्मान प्रकट गर्दै समस्त जिल्लावासीको तर्फबाट अझ सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

हाल इन्डियन सुपर लिगमा पञ्जाब एफसीमा अनुबन्धित कप्तान चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा टीसी स्पोर्ट्स र माजिया एस एण्ड आरसीलाई बिजयी बनाउनुभयो । स्वदेशी टीम थ्रि स्टारलाई नेपालको ए डिभिजन लिगको च्याम्पियन समेत बनाउन सफल हुनु भयो । उहाँले नेपाल, भारत र माल्दिभ्सको लिगको उपाधि समेत दिलाउनुभयो ।

प्रकाशित मिति : 6:21 am

प्रधानमन्त्री कार्की ताप्लेजुङ आउँदै

सौगात विष्ट ताप्लेजुङ, माघ २९ गते । प्रधानमन्त्री शुसिला कार्की ताप्लेजुङ

ताप्लेजुङका एक युवाद्वारा नेटिभटाइप डट कम वेभ एप्लिकेशन सार्वजनिक

ताप्लेजुङ, माघ २८ गते । ताप्लेजुङका एक युवाले नेटिभटाइप डट

कञ्चनजङ्घा आधार शिविरको सरसफाइ

ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको

याक्थुङ समुदायको पहिचान र संघर्षको कथा बोकेको सिनेमा “तवाबा” प्रदर्शनको तयारीमा

काठमाडौं । याक्थुङ (लिम्बू)समुदायको ऐतिहासिक पहिचान, सामाजिक यथार्थता, सास्कृतिक पृष्ठभुमि