सशस्त्र प्रहरी बल ताप्लेजुङद्धारा तोक्पेगोलामा वृक्षरोपण सम्पन्न




एलिना दियाली
ताप्लेजुङ । शशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मद्धारा पर्यटकीय क्षेत्र तोक्पेगोलामा वृक्षरोपण कार्यक्रम गरेको छ ।

गत श्रावण २५ गतेदेखी २८ गतेसम्म भएको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवमा तैनाथ सशस्त्र प्रहरीको टोलीले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त क्षेत्रको प्राकृतिक पर्यावरणलाई थप टेवा पुगोस भन्ने उद्देश्यले सुनपाती, धुपी र सल्लाको १५० वटा वृक्षरोपण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटरकञ्चनजंघा गुल्मका सशस्त्र प्रहरी नायब निरीक्षक जिवन पतङवाले जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रममा शशस्त्र प्रहरीको टोली, जिल्ला समन्वय समिती प्रमुख छिरिङ लामा, जनप्रतिनीधि, नेपाल प्रहरी साथै स्थानीयको सहभागीता रहको थियो ।

साथै शसस्त्र प्रहरीको टोलीले ३ हजार ७ सय ४७ मिटर उचाईमा रहेको तोम्पेगोलामा जाने पर्यटक एवं खेलाडीलाई स्वास्थ्य साथै अन्य सेवा समेत प्रदान गरेको थियो । उद्धघाटन कार्यक्रममा शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजन समेत तोक्पेगोला पुग्नु भएको थियो ।

प्रकाशित मिति : 8:49 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था