सशस्त्र प्रहरी बल ताप्लेजुङद्धारा तोक्पेगोलामा वृक्षरोपण सम्पन्न




एलिना दियाली
ताप्लेजुङ । शशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मद्धारा पर्यटकीय क्षेत्र तोक्पेगोलामा वृक्षरोपण कार्यक्रम गरेको छ ।

गत श्रावण २५ गतेदेखी २८ गतेसम्म भएको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवमा तैनाथ सशस्त्र प्रहरीको टोलीले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त क्षेत्रको प्राकृतिक पर्यावरणलाई थप टेवा पुगोस भन्ने उद्देश्यले सुनपाती, धुपी र सल्लाको १५० वटा वृक्षरोपण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटरकञ्चनजंघा गुल्मका सशस्त्र प्रहरी नायब निरीक्षक जिवन पतङवाले जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रममा शशस्त्र प्रहरीको टोली, जिल्ला समन्वय समिती प्रमुख छिरिङ लामा, जनप्रतिनीधि, नेपाल प्रहरी साथै स्थानीयको सहभागीता रहको थियो ।

साथै शसस्त्र प्रहरीको टोलीले ३ हजार ७ सय ४७ मिटर उचाईमा रहेको तोम्पेगोलामा जाने पर्यटक एवं खेलाडीलाई स्वास्थ्य साथै अन्य सेवा समेत प्रदान गरेको थियो । उद्धघाटन कार्यक्रममा शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजन समेत तोक्पेगोला पुग्नु भएको थियो ।

प्रकाशित मिति : 8:49 pm

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका