नन्द कुमारी र हर्कराज चोङबाङद्धारा सिन्धकाली आधारभुत विद्यालयलाई ७ लाख बढी सहयोग



एलिना दियाली 

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं.– १ मा रहेको सिन्धकाली आधारभुत विद्यालयलाई स्थानीयले ७ लाख बढीको सहयोग गरेका छन् । विद्यालयलाई मेरिङदेन –१, साविक थिङलाबु– ४ घर भई हाल हङकङ निवासी भिमहाङ चोङबाङ क्याकका कान्छा छोरा बुहारीले ७ लाख बढीको सहयोग गरेका हुन् ।

बुहारी नन्द कुमारी चोङबाङ क्याकले विद्यालयको गेट र कम्पाउण्ड बनाउन ४ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । नन्द कुमारी चोङबाङको सहयोगमा विद्यालयको गेट र कम्पाउण्ड निर्माण सम्पन्न भएर बुधबार उद्‌घाटन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र ओख्राबुले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेरिङदेन गाउँपालिका सामाजिक विकास संयोजक एवं २ नं. वडा अध्यक्ष तेज कुमार श्रेङचोङबाङको प्रमुख आतिथ्यतामा नवनिर्मित विद्यालयको गेट र कम्पाउण्डको उद्‌घाटन गरिएको हो ।

त्यस्तै भिमहाङ चोङबाङ क्याकका छोरा हर्कराज चोङबाङ क्याकले अक्षय कोष र छात्रवृत्ति कोष निर्माणार्थ ३ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नु भएको प्रधानध्यापक सन्त कुमार चोङबाङ क्याकले बताउनुभयो ।

कार्यक्रममा १ नं. वडा अध्यक्ष सविन कुमार चोङबाङ, पुर्व वडा अध्यक्ष लाक्पा शेर्पा, विद्यालयका शिक्षक साथै जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 7:42 pm

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने