ताप्लेजुङ । आईएमई लाईफ इन्स्योरेन्स शाखा ताप्लेजुङले बाढीपहिरोबाट प्रभावित बालबालिकालाई लत्ता कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ । फक्ताङलुङ गाउपालिका -२, खेजेनिमको तिङ्दो, सिबु र खेजेनिम मा.वि. आसपासको क्षेत्रका बाढीपहिरोबाट पूर्ण रुपमा प्रभावित भएका १६ जना बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो ।
कम्पनीको सतौँ वार्षिक उत्सवको अवसरमा आज खेजेनिम माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सामाजिक उत्तरदायित्व अन्तर्गत सो सामग्री बितरण गरिएको शाखा प्रमुख सूर्य गुरुङले जानकारी दिनुभएको छ ।
कार्यक्रममा फक्ताङलुङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भुपेन्द्र चौलागाईँ, खेजेनिम माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार लिम्बू, प्रधानाध्यापक सन्जय सुब्बा लिम्बूको उपस्थिति रहेको थियो ।
यस्तै कम्पनीको तर्फबाट शाखा कार्यालय प्रमुख सूर्य गुरुङ, एजेन्सी मेनेजरहरू तेन्जिङ शेर्पा, सुमन शेर्पा, बिना लिम्बू र गङ्गा राई सँगै अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थित रहेको थियो ।
साथै बीमा सचेतना कार्यक्रम पनि सम्पन्न भएको शाखा प्रमुख सूर्य गुरुङले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया