आईएमई लाईफ इन्स्योरेन्स शाखा ताप्लेजुङद्वारा पहिरो प्रभावित बालबालिकालाई लत्ताकपडा र शैक्षिक सामग्री प्रदान



ताप्लेजुङ । आईएमई लाईफ इन्स्योरेन्स शाखा ताप्लेजुङले बाढीपहिरोबाट प्रभावित बालबालिकालाई लत्ता कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ ।  फक्ताङलुङ गाउपालिका -२, खेजेनिमको तिङ्दो, सिबु र खेजेनिम मा.वि. आसपासको क्षेत्रका बाढीपहिरोबाट पूर्ण रुपमा प्रभावित भएका १६ जना बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो । 

कम्पनीको सतौँ वार्षिक उत्सवको अवसरमा आज खेजेनिम माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सामाजिक उत्तरदायित्व अन्तर्गत सो सामग्री बितरण गरिएको शाखा प्रमुख सूर्य गुरुङले जानकारी दिनुभएको छ ।

कार्यक्रममा फक्ताङलुङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भुपेन्द्र चौलागाईँ, खेजेनिम माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार लिम्बू, प्रधानाध्यापक सन्जय सुब्बा लिम्बूको उपस्थिति रहेको थियो । 

यस्तै कम्पनीको तर्फबाट शाखा कार्यालय प्रमुख सूर्य गुरुङ, एजेन्सी मेनेजरहरू तेन्जिङ शेर्पा, सुमन शेर्पा, बिना लिम्बू र गङ्गा राई सँगै अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थित रहेको थियो । 

साथै बीमा सचेतना कार्यक्रम पनि सम्पन्न भएको शाखा प्रमुख सूर्य गुरुङले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 7:48 pm

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध