पहिरो पीडितलाई भेटेर फर्किदै गरेका मैवाखोलाका अध्यक्ष परे पहिरोमा, भाँगेर ज्यान जोगाउन सफल



ताप्लेजुङ । पहिरो पीडितलाई भेटेर फर्किदै गरेका मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम आफैँ पहिरोमा पर्दा भाँगेर ज्यान जोगाउन सफल भएका छन् । गाउँपालिका-१ ढुङ्गेसाँघुबाट फर्किएका उनको सवारी पहिरोले पुरेको छ । आफू र चालक भने भागेर बाँचेको उनले बताए ।

उनी वडा नं. १ निवासी एकल महिलाको घर पहिरोको जोखिममा परेको सूचना पाएपछि त्यसतर्फ गएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय समेत भेला भएर ती महिलालाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसपछि उनी मोटरसाइकलमा गाउँपालिका फर्किदै थिए । त्यहीबेला वडा नं। २ को पञ्चमी भन्ने स्थानमा सडकमा उनीहरु गुडिरहेकै बेला माथिबाट पहिरो खसेको थियो ।

‘हामी मोटर साइकलमा थियौँ, ढुंगाको कारण अगाडि बड्ने ठाउँ नभएपछि म उत्रिएर ढुङ्गा पन्साउन थालेँ,’ वनेमले भने, ‘पन्साउँदा पन्साउँदै माथिबाट पहिरो झर्‍यो । ड्राइभरलाई तानेर तल्लोपट्टि हाम फालेकाले बाँच्न सकियो र पुनर्जन्म पाइयो ।’

माथिबाट झरेको पहरोले मोटरसाइकलमा भने क्षति पुर्‍याएको छ । ekantipur.com

प्रकाशित मिति : 1:19 pm

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध