दोस्रो ताप्लेजुङ गोल्डकप : उद्‌घाटन खेलमा गृह टिम सङ्घर्ष स्पोटिङ र कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भिड्दै 



साहारा लङवा लिम्बू

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी लाखेजात्रा सञ्चालन समितिले उक्त खेल तालिका सार्वजनिक गरेको हो । 

भदौ ३ गते देखि ताप्लेजुङको भानु जना माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा समुह ‘ए’ अन्तरगतको गृह टिम सङ्घर्ष स्र्पोटिङ क्लब र भारत सिलगुडीको कञ्चनजङ्घा फुटबल क्लब बिच उद्‌घाटन खेल हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार भदौ ४ गते समूह ‘बी’ मा रहेको पाँचथर फुटबल क्लब र सिराहाको सलहेश युवाक्लब बिच प्रतिस्पर्धा हुने भएको छ । 

यस्तै भदौ ४ गते रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लब र सगरमाथा युथ क्लब बिचको खेल सञ्चालन हुने छ । उक्त क्लबहरू समूह ‘ए’ मा रहेका छन् । भदौ ६ गते समूह ‘बी’ को त्रिभुवन आर्मी क्लब र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा बिच भिडन्त हुने भएको छ । भदौ ७ गते पहिलो सेमिफाइनल र ८ गते दोस्रो सेमिफाइनल खेल सञ्चालन हुने अध्यक्ष देवराज गुरुङले बताउनु भयो । 

भदौ ९ गते एक दिन विश्राम पछि फाइनल खेल भने भदौ १० गते हुने उहाँको भनाई छ । खेल प्रतेक दिन दिउसो २ः३० बजे देखि सुरु हुने छ ।  प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । आयोजकले प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ र खेल अवधि भरिका बिभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत नगद पुरस्कारको ब्यवस्था गरेको छ । 

खेलको मुख्य प्रायोजकमा फुङलिङ नगरपालिका र गोर्खा ब्रुअरी प्रा.लि. काठमाडौँ रहेका छन् भने प्रायोजकमा जिल्ला समन्वय समिति, सिरिजङ्घा गाउँपालिका, पाथिभरा याङवरक गाउँपालिका, मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिदिङवा गाउँपालिका र सि.जि. ग्रुप नेपाल रहेका छन् । 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार १२:१२

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको