दोस्रो ताप्लेजुङ गोल्डकप : उद्‌घाटन खेलमा गृह टिम सङ्घर्ष स्पोटिङ र कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भिड्दै 



साहारा लङवा लिम्बू

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी लाखेजात्रा सञ्चालन समितिले उक्त खेल तालिका सार्वजनिक गरेको हो । 

भदौ ३ गते देखि ताप्लेजुङको भानु जना माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा समुह ‘ए’ अन्तरगतको गृह टिम सङ्घर्ष स्र्पोटिङ क्लब र भारत सिलगुडीको कञ्चनजङ्घा फुटबल क्लब बिच उद्‌घाटन खेल हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार भदौ ४ गते समूह ‘बी’ मा रहेको पाँचथर फुटबल क्लब र सिराहाको सलहेश युवाक्लब बिच प्रतिस्पर्धा हुने भएको छ । 

यस्तै भदौ ४ गते रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लब र सगरमाथा युथ क्लब बिचको खेल सञ्चालन हुने छ । उक्त क्लबहरू समूह ‘ए’ मा रहेका छन् । भदौ ६ गते समूह ‘बी’ को त्रिभुवन आर्मी क्लब र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा बिच भिडन्त हुने भएको छ । भदौ ७ गते पहिलो सेमिफाइनल र ८ गते दोस्रो सेमिफाइनल खेल सञ्चालन हुने अध्यक्ष देवराज गुरुङले बताउनु भयो । 

भदौ ९ गते एक दिन विश्राम पछि फाइनल खेल भने भदौ १० गते हुने उहाँको भनाई छ । खेल प्रतेक दिन दिउसो २ः३० बजे देखि सुरु हुने छ ।  प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । आयोजकले प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ र खेल अवधि भरिका बिभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत नगद पुरस्कारको ब्यवस्था गरेको छ । 

खेलको मुख्य प्रायोजकमा फुङलिङ नगरपालिका र गोर्खा ब्रुअरी प्रा.लि. काठमाडौँ रहेका छन् भने प्रायोजकमा जिल्ला समन्वय समिति, सिरिजङ्घा गाउँपालिका, पाथिभरा याङवरक गाउँपालिका, मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिदिङवा गाउँपालिका र सि.जि. ग्रुप नेपाल रहेका छन् । 

प्रकाशित मिति : 12:12 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ