मिक्वाखोला गाउँपालिकाले आजबाट २८ गते सम्म दियो बिदा



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले आजबाट २८ गते सम्म बिदा दिएको छ । तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवका लागि ५ वटै वडाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द गरिएको हो । 

पालिकाले एक विज्ञप्ति जारी गर्दै तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवलाई सभ्य र भव्यरूपमा सफल पार्न मिक्वाखोला गाउँपालिका सक्रिय सहभागी भएकोले आजबाट २८ गते सम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ । 

महोत्सव ३ हजार ७ सय मिटर उचाइमा रहेको मिक्वाखोला गाउँपालिका९५ पापुङ तोक्पेगोलामा हुन लागेको हो । पर्यटन तथा चौँरी महोत्सवमा सयौँको सङ्ख्यामा मानिस भेला हुने र चौँरी र भेडाका बथान भेला गराइने आयोजकले बताएका छन् ।

महोत्सवको मुख्य आकर्षण चौँरीका गोठ र भेडाका बथान भएपनि वडा स्तरीय भलिबल प्रतियोगिता, हाफ म्याराथन, तिब्बतियन संस्कृतिमा आधारित प्यारासो लगायतका प्रतियोगितात्मक कार्यक्रम रहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार ०१:०१

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको