मिक्वाखोला गाउँपालिकाले आजबाट २८ गते सम्म दियो बिदा



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले आजबाट २८ गते सम्म बिदा दिएको छ । तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवका लागि ५ वटै वडाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द गरिएको हो । 

पालिकाले एक विज्ञप्ति जारी गर्दै तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवलाई सभ्य र भव्यरूपमा सफल पार्न मिक्वाखोला गाउँपालिका सक्रिय सहभागी भएकोले आजबाट २८ गते सम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ । 

महोत्सव ३ हजार ७ सय मिटर उचाइमा रहेको मिक्वाखोला गाउँपालिका९५ पापुङ तोक्पेगोलामा हुन लागेको हो । पर्यटन तथा चौँरी महोत्सवमा सयौँको सङ्ख्यामा मानिस भेला हुने र चौँरी र भेडाका बथान भेला गराइने आयोजकले बताएका छन् ।

महोत्सवको मुख्य आकर्षण चौँरीका गोठ र भेडाका बथान भएपनि वडा स्तरीय भलिबल प्रतियोगिता, हाफ म्याराथन, तिब्बतियन संस्कृतिमा आधारित प्यारासो लगायतका प्रतियोगितात्मक कार्यक्रम रहेका छन् ।

प्रकाशित मिति : 1:01 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका