कोशी ब्यारेजको पुलमा पैदल हिँड्न र चढ्न निषेध



कोशी ब्यारेज स् प्रहरीले सप्तकोशीको कोशी ब्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरूको आगमनलाई ध्यानमा राखेर पुलमा पैदल हिँड्न र चढ्न निषेध गरेको छ।

वार्षिक रूपमा कोशी ब्यारेज पुलमा चढ्ने र केहीले आत्महत्याको प्रयाससमेत गर्ने गरेको तथ्यलाई ध्यानमा राखेर कोशी ब्यारेज प्रहरीले प्रवेश निषेध लेखिएको सूचना टाँसेर निषेध गरेको हो।

कोशी र मधेश प्रदेशको सिमानामा पर्ने सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेज पुलमा चढ्न तथा ढोकानजिक भएर हिँड्न प्रवेश निषेध गरेको सूचनासहित प्रवेश निषेध लेखिएको कागज टाँसिएको छ।

भारत र नेपालका विभिन्न ठाउँबाट आएका मानिसले पटकपटक हाम फालिरहेको अवस्थामा प्रहरीले उद्धार गर्नुपर्ने र साउनमा बोलबमका लागि जल भर्न विभिन्न ठाउँबाट आएका मानिसले समेत कोशी ब्यारेजको पुलबाट हामफालेको विगतका घटनालाई ध्यानमा राखेर कोशी पुलमा प्रहरीले निषेध गरिएको सूचना टाँसेको हो।

प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी नायव निरीक्षक सुभाषचन्द्र सुनुवारले दिएको जानकारीअनुसार आव ०८०र८१ मा ७५ जनाको उद्धार गरिएको छ।

कोशी पुलमा घुम्न आएको र सेल्फी वा फोटो खित्ने बहानामा आउने र अचानक हामफालेर आत्महत्याको प्रयास गर्ने गरेकाले त्यसलाई ध्यानमा राखेर निषेध क्षेत्र घोषणा गरेको सुनुवारले बताए।

सुनुवारका अनुसार एक वर्षमा प्रहरीले ७५ जनालाई जीवितै उद्धार गरेको छ। केहीको ज्यानसमेत गएको विगतको अनुभवलाई ध्यानमा राखेर निषेध क्षेत्रसहित प्रहरी निगरानी बढाएको उनले बताए।

साउनमा कोशी पुलमा भव्य साउने मेलासमेत लागेकाले सर्वसाधारणलाई सुरक्षा दिनु प्रहरीको जिम्मेवारी भएको भन्दै कोशी पुलमा चढ्न निषेध सूचना टाँसिएको प्रहरीले जनाएको छ।

आइतवार विहानैदेखि सोमवार विहानसम्म कोशी पुलमा जल भर्न विभिन्न ठाउँबाट आएका भक्तजनले कोशीपुलमा जल भरेर विभिन्न ठाउँका शिव मन्दिरमा जल अर्पण गर्न जाने गरेका छन्।

प्रकाशित मिति : 12:12 am

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित