तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको सम्पूर्ण तयारी पुरा, ३७ सय उचाइमा विभिन्न प्रतियोगिता हुने 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । आज पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मिक्वाखोला गाउँपालिका वडा नं. ५ को तोक्पेगोलामा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराइएको हो । 

हिमाली तोक्पेगोला युथ क्लबको आयोजनामा यही साउन २५ गतेबाट २८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न विधाका खेलकुद साथै मनोरञ्जनात्मक कार्यक्रम हुने महोत्सवका मूल आयोजक समितिका प्रचार प्रसार संयोजक नुपु छिरिङ शेर्पाले जानकारी दिनुभएको छ । 

उहाँका पुरुष भलिबल प्रतियोगिता, खुल्ला हाल्फ म्याराथन प्रतियोगिता र प्यारासो प्रतियोगिता सञ्चालन हुँदै छ । 

भलिबल प्रतियोगिता
भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख ११ हजार १११ रुपैयाँ सँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने दोस्रो हुनेले ७१ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने मूल आयोजक समितिका आर्थिक संयोजक प्रताप साँवा लिम्बूले जानकारी दिनुभएको छ । समुद्र सतहदेखि करिब ३ हजार ७ सय मिटरको उच्चाईमा खेलाइएको भलिबल प्रतियोगितालाई नेपालकै उच्च स्थानमा सञ्चालन गरिएको दावी रहेको आर्थिक संयोजक प्रताप साँवाले जानकारी दिनुभएको छ । 

खुल्ला हाफ म्याराथन प्रतियोगिता
खुल्ला हाफ म्याराथनका विजेताले नगद ३० हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश नगद २० र १० सँगै प्रमाण पत्र प्राप्त गर्ने आयोजकको भनाई छ । म्याराथन प्रतियोगितामा भाग लिने प्रतियोगीहरूको लागि १५ किलोमिटरको दूरी निर्धारण गरिएको छ । हिमाली भेग भएका कारण धावकहरुलाई समस्या पर्न सक्छ भन्ने हेतुले १५ किलो मिटरको मात्रै दूरी निर्धारण गरिएको आर्थिक संयोजक साँवाले बताउँनुभयो । 

प्यारासो प्रतियोगिता
प्यारासो प्रतियोगिताको प्रथम हुनेले नगद १० हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले नगद १० हजार सँगै प्रमाण पत्र पाउने छ । प्यारासो प्रतियोगिता तिब्बतीय संस्कृतमा आधारित खेल रहेको प्रचार संयोजक नुपु छिरिङ शेर्पाले जानकारी दिनुभएको छ । विशेष गरि यो प्रतियोगिता महोत्सवको मूल आकर्षणको विषय रहेको पनि उहाँले बताउनुभएको छ । 

खर्च 
महोत्सव सम्पन्न गर्नका लागि विभिन्न शीर्षकमा करिब २५ देखि ३० लाख रुपैयाँ सम्म खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । महोत्सव अवलोकन गर्नका लागि आउने पर्यटक तथा अवलोकनकर्ताका लागि तोक्पेगोला क्षेत्रमा रहेका घर बस्तीलाई अस्थाई रुपमा टेन्टको व्यवस्था मिलाइएको छ । महोत्सवलाई सफल पार्न मिक्वाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिका वडा नं। ५ को वडा कार्यलयले प्रायोजकको रुपमा सहयोग गरेको छ । 

विशेष गरि ताप्लेजुङ जिल्लाको पर्यटकीय सम्भावना बोकेको मिक्वाखोला गाउँपालिकामा धेरै भन्दा धेरै आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने हेतुले महोत्सवको आयोजना गरिएको आर्थिक संयोजक साँवाको भनाई छ । त्यस्तै जलवायु परिवर्तन सँगै हिमाली भेग सबैको केन्द्र बन्दै जान थालेकाले यसको प्रचार प्रसार र संरक्षण गर्न अति आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताउँनुभयो । 

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार ०६:२३

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको