श्री साङक देछ्योलिङ गोन्पा विद्यालयमा दिदीबहिनीले गरे अक्षय कोष स्थापना 



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा रहेको श्री साङक देछ्योलिङ गोन्पा विद्यालयमा  दिदीबहिनीले अक्षय कोष स्थापना गरेका छन् । फुङलिङ नगरपालिका वडा नं. ९ निवासी स्व बुबा दावा शेर्पा र स्व आमा लाक्पी शेर्पाको स्मृतिमा छोरीहरू दिकु लामा शेर्पा र जाङ्मु लामा शेर्पाले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । 

आफ्नो बुबा र आमाको सम्झनामा विद्यालयको शैक्षिक स्थिर सन्नीका लागि उक्त रकमले केही सहयोग मिलोस् भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरिएको अक्षय कोषदाता दिकु लामाले बताउनु भयो । 

शैक्षिक क्षेत्रमा गरिएको यो सहयोगीले बालबालिकाको शैक्षिक उन्नति प्रगतिमा महत्त्वपूर्ण सहयोग पुग्ने आशा लिएको विद्यालयले जनाएको छ । साथै उक्त सहयोगको लागि विद्यालयको तर्फबाट दिकु लामा र जाङ्मु लामालाई धन्यवाद समेत दिइएको छ ।

प्रकाशित मिति : 3:50 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान