श्री साङक देछ्योलिङ गोन्पा विद्यालयमा दिदीबहिनीले गरे अक्षय कोष स्थापना 



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा रहेको श्री साङक देछ्योलिङ गोन्पा विद्यालयमा  दिदीबहिनीले अक्षय कोष स्थापना गरेका छन् । फुङलिङ नगरपालिका वडा नं. ९ निवासी स्व बुबा दावा शेर्पा र स्व आमा लाक्पी शेर्पाको स्मृतिमा छोरीहरू दिकु लामा शेर्पा र जाङ्मु लामा शेर्पाले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । 

आफ्नो बुबा र आमाको सम्झनामा विद्यालयको शैक्षिक स्थिर सन्नीका लागि उक्त रकमले केही सहयोग मिलोस् भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरिएको अक्षय कोषदाता दिकु लामाले बताउनु भयो । 

शैक्षिक क्षेत्रमा गरिएको यो सहयोगीले बालबालिकाको शैक्षिक उन्नति प्रगतिमा महत्त्वपूर्ण सहयोग पुग्ने आशा लिएको विद्यालयले जनाएको छ । साथै उक्त सहयोगको लागि विद्यालयको तर्फबाट दिकु लामा र जाङ्मु लामालाई धन्यवाद समेत दिइएको छ ।

प्रकाशित मिति : 3:50 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले