पाथीभरा क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन गोष्ठी एवं कुक तालिम सम्पन्न



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पर्यटन मैत्री वातावरण बनाउन परामर्श गोष्ठी एवं कुक तालिम सम्पन्न भएको छ । पाथीभरा क्षेत्र विकास समितिको आर्थिक सहयोगमा सिभिल इन्जिनियर स्व। बिनोद सुब्बा सिरेङ चोङबाङ स्मृति प्रतिष्ठानको आयोजनामा परामर्श गोष्ठीको एवं कुक तालिम आइतबार सम्पन्न भएको हो ।

पाथीभरा क्षेत्र विकास समिति कार्यकारी निर्देशक प्रजिन हाङबाङले पाथीभरा क्षेत्रका होटेललाई व्यवस्थित गरी पर्यटनमैत्री वातावरणको सृजना गरी पर्यटकको आर्कषक गन्तव्यको रुपमा विकास गर्न कुक तालिम एवं परामर्श गोष्ठी कार्यक्रम गरिएको बताउनुभयो । साउन ७ गतेबाट सुरु भएको कुक तालिममा पाथीभरा क्षेत्रका ४२ होटेल व्यवसायीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 3:05 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन