अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च




काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको छ ।

यस्तै, खरिददर १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ । हिजो १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २१ पैसा र खरिददर १३३ रुपैयाँ ६१ पैसा थियो । केही हप्तायता स्थिर रहेको डलरको मूल्य अस्ति मङ्गलवारदेखि बढ्न थालेको हो ।

भारतले बजेटमार्फत पुँजीगत लाभकर बढाएपछि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनियम दर भएकाले भारतीय बजारमा तय हुने मूल्यका आधारमा नेपालमा डलरको मूल्य तय हुन्छ ।

फलस्वरुप भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँसमेत कमजोर हुन्छ । नेपाली बजारमा यसअघि २०७९ कात्तिक पहिलो हप्ता डलरको मूल्य १३३ रुपैयाँ १४ पैसासम्म पुगेर रेकर्ड कायम भएको थियो । त्यसपछि घटेर १३० रुपैयाँ हाराहारी रहेकोमा पोहोर असोजदेखि फेरि डलरको मूल्य बढ्न थालेको हो ।

डलर महँगो हुँदा रेमिट्यान्स आप्रवाह, वस्तु तथा सेवा निर्यात र पर्यटकबाट हुने आम्दानी बढ्छ । तर वस्तु तथा सेवा आयात र विदेशी ऋणको ब्याज भुक्तानीमा बढी रकम खर्च गर्नुपर्ने भएकाले डलर बढ्दा विदेशी मुद्रा सञ्चितीमा दबाब बढ्छ ।

प्रकाशित मिति : 4:26 am

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा