खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय



पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ। विवाद र अन्योलताबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनाइएको हो।

दर्शकको उपद्रोबीच खेल सकिएको दुई घण्टापछि खाली रंगशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो। समूह बी को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुंगेको मानिएको थियो। २-१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औ मिनेटमा बराबरी गोल फर्काएका थिए।

तर त्यो गोललाई भीएआरले मान्यता दिएन। त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो। केही दर्शक मैदानमा प्रवेश गरेका थिए। त्यस स्थितिमा रेफ्रीले खेल सकेको निर्णय गरेका थिए र दुवै टिमले मैदान पनि छाडिसकेका थिए। तर रेफ्रीले खेल सकिएको संकेतमा ह्विसल भने बजाएका थिएनन्।

यस्तोमा खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो। बुधबारनै भएका अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५–० ले हरायो।

यस्तै समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २–१ ले हरायो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले। यस्तै इराकले युक्रेनलाई २–१ ले हरायो।

प्रकाशित मिति : 1:15 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश