८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता



ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आव ०८०/०८१ मा  ३ सय ४० महिला र ४ सय ६५ पुरुष गरि कुल ८ सय ५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

निमित्त जिल्ला निर्वाचन अधिकारी बिपिन दुलालका अनुसार २ सय ३२ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ । जसमा १ सय २६ पुरुष र १ सय ६ जना महिला रहेका छन् । त्यस्तै ५७ जना पुरुष र ३८ जना महिला गरि कुल ९५ जनाले ठेगाना परिर्वतन गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालको भनाई छ ।

उहाँका अनुसार ४६ जनाको त्रुटि सच्याउँदा दोहोरो नाम भएको २४ जनाको कटौती गरिएको छ । त्रुटि सच्याउनेमा ३५ पुरुष र ११ महिला, दोहोरो नाम हटाउनेमा ११ पुरुष र १३ महिला रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

ताप्लेजुङमा असार मसान्तसम्मको तथ्याङ्क अनुसार ९२ हजार ८ सय ९७ जना रहेका छन् । जसमध्ये ४९ हजार ८ सय ५७ पुरुष र ४३ हजार ४० जना महिला रहेको कार्यालयले जनाएको छ ।

गत वैशाख १४ गतेसम्म १८ वर्ष पुरा भएका मतदाता जिल्लामा ४४ हजार ४ सय ५४ पुरुष र ४१ हजार ४ सय ११ जना महिला गरि कुल ८८ हजार ८ सय ६५ रहेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १५:४५

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको