ताप्लेजुङको फुङलिमा सर्पले डस्दा एक जना घाइते



ताप्लेजुङ । ताप्लेजुङमा सर्पले डस्दा एक जना घाइते भएका छन् । फुङलिङ नगरपालिका वडा नं. १० गडीडाँडा निवासी २४ वर्षीया सृजना राईलाई सर्पले डसेको हो । 

आज दिनको १२:३० मा घर छेउको बारीमा घाँस काट्ने क्रममा राईको टाउकोमा सर्पले डसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभएको छ ।

राईलाई उपचारको लागि जिल्ला अस्पतालमा ल्याई सामान्य उपचार पछि थप उपचारको लागि सर्प दंश केन्द्र चारआली झापा रेफ गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 2:19 pm

प्रथम लिङ्तेप गोल्डकप : साथीभाइ र पाँचथर फाइनलमा प्रवेश 

ताप्लेजुङ, माघ १२ गते । साथीभाइ सामाजिक युवा क्लब फुङलिङ र

ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 

ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल

प्रथम लिङ्तेप गोल्डकप : सेमिफाइनका खेल हुँदै 

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी

प्रथम लिङ्तेप गोल्डकपः साथीभाई र कुम्मायक सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा जारी प्रथम लिङ्तेप गोल्डकपमा साथीभाई

नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ २५ गते देखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –६ नाल्बुमा अन्तर वडा स्तरीय