बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य



सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।

नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।

निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ ४८ पैसा र डिजेलको दुई रूपैयाँ ८३ पैसा बढाएर नयाँ मूल्य पठाएको छ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ०२:३९

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको

रिडद्वारा एसईईमा सत प्रतिशत विद्यार्थी उत्रिर्ण गर्न सफल विद्यालय पुरस्कृत

ताप्लेजुङ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले माध्यमिक

पहिलो पटक एसईईमा सहभागि बनेको श्री साङक देछ्योलिङ गोन्पाले ल्यायो उत्कृष्ट नतिजा

ताप्लेजुङ । पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि

मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष साँवाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको