सर्पले टोक्दा ताप्लेजुङको पाथीभरा याङवरकमा एक घाईते




ताप्लेजुङ ।
सर्पले टोक्दा ताप्लेजुङको पाथीभरा याङवरकमा एक जना घाईते भएका छन् । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका एक नाङखोल्याङ राई गाउँ बस्ने विशाल राईको श्रीमति ३१ वर्षकी रिना राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राईलाई घर छेउको बारीमा आईतबार दिउँसो घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातको बुढि औलामा टोकेको थियो । घाईते राईको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचार पश्चात थप उपचारका लागि सर्प दंश उपचार केन्द्र आर्मी ब्यारेक चारआली झापा रेफर गरिएको प्रहरीले जनाएको छ । जिल्लामा सर्प दंश उपचार केन्द्र नहुँदा सर्पले टोकेका बिरामीलाई उपचारका लागि झापा पठाउनु पर्ने जिल्लामा बाध्यता रहेको छ ।

प्रकाशित मिति : 2:23 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य