सर्पले टोक्दा ताप्लेजुङको पाथीभरा याङवरकमा एक घाईते




ताप्लेजुङ ।
सर्पले टोक्दा ताप्लेजुङको पाथीभरा याङवरकमा एक जना घाईते भएका छन् । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका एक नाङखोल्याङ राई गाउँ बस्ने विशाल राईको श्रीमति ३१ वर्षकी रिना राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राईलाई घर छेउको बारीमा आईतबार दिउँसो घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातको बुढि औलामा टोकेको थियो । घाईते राईको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचार पश्चात थप उपचारका लागि सर्प दंश उपचार केन्द्र आर्मी ब्यारेक चारआली झापा रेफर गरिएको प्रहरीले जनाएको छ । जिल्लामा सर्प दंश उपचार केन्द्र नहुँदा सर्पले टोकेका बिरामीलाई उपचारका लागि झापा पठाउनु पर्ने जिल्लामा बाध्यता रहेको छ ।

प्रकाशित मिति : 2:23 pm

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका