६ महिनामा ताप्लेजुङमा ३० मानवअधिकार उल्लंघनका घटना, जिल्लामा पुनस्थापना केन्द्र बनाउनुपर्नेमा जोड




ताप्लेजुङ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार २९ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२४ को ६ महिनाको (०८० पुस–०८१ असार) अवधिमा ३० ओटा मानव अधिकारसँग सम्बन्धित घटना भएको इन्सेकले जनाएको छ । ईन्सेको अभिलेखका आधारमा सबैभन्दा बढी १६ घरेलु हिंसा, बलात्कार र कुटपिटका समान ६÷६ वटा जातीय विभेद एउटा र एउटा आत्माहत्या दुरुत्साहनका घटना छन्। ८ वर्षिय बालिका देखी ६८ वर्षिया महिला बलात्कृत भएको घटनालाई ईन्सेकले समिक्षामा उठाएको छ ।

जिल्लामा बाढी पहिरोले निम्तीएका समस्या र विपद्को पुर्व तयारीमा जोड दिनुपर्ने कुरा साथै हिंसा पिडित महिला तथा बालिकालाई राख्न जिल्लामा पुनस्थापना केन्द्र स्थापना गरिनुपर्ने कुरालाई जोड दिएको छ । एसईईको हालै प्रकाशित भएको नतिजामा जिल्लाका २३ सामुदायिक विद्यालयको नतिजा शुन्य भएको र एक बालिकाले एसईईमा असफल भएको भन्दै आत्माहत्या गरेको विषयलाई ईन्सेकले समिक्षमा उठाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले मानव अधिकार सबैको सवाल भएका यसतर्फ जिल्ला प्रशासन कार्यलयले पनि काम गरि रहेको बताउनुभयो । साथै उहाँले जिल्लामा भएका मानव अधिकार सम्बन्धी भएका राम्रा कार्यलाई र अन्य छुटेका कुरालाई पनि समेट्न सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एव्म प्रहरी नायव उपरिक्षक रवि रावलले आत्माहत्या घटना पनि मानव अधिकारसँग सम्बन्धित भएकाले ईन्सेकलाई अभिलेख गर्न आग्रह गर्नुभयो ।


जिल्ला कारागारका प्रमख कुलेन्द्र खवासले कारागारमा क्षमताभन्दा तेब्बर कैदी तथा थुनुवा राखिएको भएपनि सेवा सुविधाबाट वञ्चित नगरेको बताउनु भयो । अधिकारकर्मी कुमार सिंवाले बसाँईसराईले गाउँ उजाड भएकाले उक्त कुरालाई पनि समेट्न सुझाव दिनु भयो । समीक्षामा प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी नायव उपरिक्षक रावल सहित सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक रविन सिलवाल, गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष खड्गविक्रम सुवेदी, अधिकारकर्मी सिवा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार १५:३७

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको

रिडद्वारा एसईईमा सत प्रतिशत विद्यार्थी उत्रिर्ण गर्न सफल विद्यालय पुरस्कृत

ताप्लेजुङ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले माध्यमिक

पहिलो पटक एसईईमा सहभागि बनेको श्री साङक देछ्योलिङ गोन्पाले ल्यायो उत्कृष्ट नतिजा

ताप्लेजुङ । पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि

मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष साँवाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको