ताप्लेजुङका बोखिम मन्त्रीको सुचीमा



ताप्लेजुङ । प्रतिनिधिसभाका सांसद लिलादेवी बोखिमको नामपनि मन्त्रीको सम्भावित सूचीमा परेको छ । काङ्ग्रेस नेता शेखर कोइरालाको समूहबाट बोखिमको नाम परेको निकटस्थ श्रोतले जनाएको छ ।

काङ्ग्रेस जिल्ला कार्य समिति ताप्लेजुङको सभापति समेत भइसक्या र कोशी प्रदेशबाट कोइराला समुहका अन्य ब्यातिm नभएकाले बोखिम अटाउने सम्भावना बलियो रहेको काङ्ग्रेस नेताले जनाएका छन । काङ्ग्रेसको भागमा ११ मन्त्रालय परेको छ । 

कोशी प्रदेशका कोइराला समुहका डिकवहादुर लिम्बू पहिल्यै मन्त्री भइसकेका र दोहोर्‍याउने सम्भावना कम रहेकाले आदिवासी जनजाति र महिला दुवै समेटिने भएकाले पनि बोखिमको सम्भावना बलियो बनेको हो । अघिल्लो कार्यकाल बोखिम, बाकेका किरण कोइराला र मुस्ताङका गरी तीनजना मात्रै महिला जिल्ला कार्य समितिको सभापति भएका थिए  । 

बोखिमको कार्यकाल सबल भएको भन्ने पार्टी मूल्याङ्कन भएकाले पनि सम्भावना बलियो बनेको हो । शेखर समूहबाट गएको नाममा महासचिव गगन थापाले पनि समर्थन जनाउने भएकाले सभापति देउवाले बोखिमको नाम काट्न नसक्ने आकलन काङ्ग्रेस वृत्तमा छ । 

असार २८ गतेनै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने र त्यसैदिन वा भोलिपल्टै सबै मन्त्रीलाई नियुक्त गर्ने तयारी भएकाले एमाले र काङ्ग्रेस नेताहरू मन्त्रालय टुङ्ग्याउन र मन्त्री छान्न व्यस्त रहेका छन । 

एमाले अध्यक्ष ओलीले काङ्ग्रेस सभापति देउवालाई यसअघिनै मन्त्री छान्न सकेनन् भन्ने सन्देश जान दिन नहुने र प्रधानमन्त्री नियुक्ति कै दिन वा भोलिपल्टै सबै मन्त्री नियुक्ति गर्ने प्रस्ताव गरेको जनाइएको छ ।Taplejung Press

प्रकाशित मिति : 12:54 pm

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस ताप्लेजुङ ‘क’ को सभापतिमा खिम्दिङ विजयी

ताप्लेजुङ, असोज १५ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा निर्वाचन

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई

दसैँ–तिहारलाई लक्षित गर्दै फुङलिङ बजार शुक्रबार पनि खुला हुने

ताप्लेजुङ, असोज १४ गते । साप्ताहिक रूपमा शुक्रबार बन्द हुँदै