ट्याक्टर चोरी गर्ने फुङलिङ नगरपालिकाका एक युवक पक्राउ



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका ट्याक्टर चोरी गर्ने एक युवक पक्राउ परेका छन् । फुङ्लिङ नगरपालिका वडा नं. ८ निवासी वर्ष २१ का प्रकाश मगर चोरी गरेको ट्याक्टर सहित पक्राउ परेका हुन् । 

मेरिङदेन गाउँपालिका ३ दोभानका ५२ वर्षीय जय प्रसाद भट्टराईले सञ्चालन गर्दै आउनुभएका मे. १ त. ७१७१ नम्बरको ट्याक्टर चोरी भएको थियो । भट्टराईकै घर अगाडि पार्किङ गरि राखेको ट्याक्टर गत असार २२ गते हराएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक कमल कुमार लुङगेलीका अनुसार चोरी भएको ट्याक्टर खोजी गर्ने क्रममा असार २३ गते फुङलिङ ९ को बैदारेमा मगरले चलाई रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

ट्याक्टर चलाई राखेका मगरलाई प्रहरीले सोधपुछ गर्न साथ सो स्थानबाट फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गर्ने क्रममा मगरलाई उनकै निवासबाट मङ्गलबार नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ । 

उनलाई जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को दफा १४ को ३ बमोजिम ७ दिन हिरासतमा राख्ने म्याद लिई विस्तृत अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : 12:29 pm

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला