तमोर मेवा १२८ मेगावाटको जिल्ला कोर्डिनेटरमा डम्बर लङ्वा 



ताप्लेजुङ । स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले ताप्लेजुङ जिल्ला कोर्डिनेटरको जिम्मेवारी डम्बर लङ्वालाई दिएको छ । लिमिटेडका अध्यक्ष भानेन्द्र लिम्बस्ले निर्माण कार्य प्रारम्भ हुन लागेकाले लङ्वालाई जिम्मेवारी तोकिएको बताएका हुन । लङ्वा मेरिङदेन गाउपालिका ४ घर भएका निर्माण व्यवसायी तथा भलिबलका खेलाडी तथा प्रशिक्षक पनि हुन ।

यसअघि कुमारी बैङ्कको नेतृत्वमा अरु बैङ्कले लगानी गर्ने भनिएपनि पछिल्लो समय परिवर्तन हुनसक्ने उनले सङ्केत गरे । निर्माणको सम्पूर्ण कामको जिम्मेवारी लङ्वा र जन सम्पर्कको जिम्मेवारी गोपाल बरालले गर्ने उनले बताए । आयोजना क्षेत्रमा सर्भे लगायतका नियमित काम अहिलेपनि भइरहेको उनको कथन छ ।

मेवा र तमोर नदीको पानीबाट उत्पादन हुने १ सय २८ मेगावाट विद्युत उत्पादनको काम २०८५ असोज २५ मा सक्ने गरी सरकारले अनुमति दिएको छ । अव सबै प्रकृया पुरा भएको उनको दावी छ । मेरिङदेन गाउँपालिकाको खाल्टेबाट मेवाखोलाको पानी तमोरमा मिसाइन्छ । यहाँबाट साढे दुई किलोमिटर सुरुङबाट मिक्वाखोला १ खोक्लिङको भञ्ज्याङ पुछारमा ल्याएर तमोरमा मिसाइन्छ । 

स्पार्कले भञ्ज्याङमा एउटा पावर हाउस बनाउने प्रस्ताव गरेको थियो । तर सरकारले यो अनुमति नदिएपछि यहाँबाटै थप ४७ सय मिटरको सुरुङमार्ग बनाएर फुङलिङ नगरपालिका ३ आगेदिममा झारेर विद्युत उत्पादन हुन्छ । आगेदिमको पावर हाउस पनि अण्डर ग्राउन्ड नै हुने भानेन्द्रले बताए ।

यो क्षमताको विद्युत निर्माणको काम नेपाली ठेकदार कम्पनीले नै गर्न सक्ने भएकाले स्वदेशी कम्पनीलाई नै दिनेगरिको तयारी पनि भएको लिम्बूले बताए । कोशी प्रदेशमा ठुलो आयोजनाको रुपमा यो आयोजनाको अध्ययन भएको थियो । तर निर्माणमा भने समय लागेको छ । taplejungpress.com

प्रकाशित मिति : 12:46 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान