आजदेखि देशका धेरै ठाउँको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने



आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि देशैभरि ठूलो वर्षा भइरहेकोमा आजदेखि वर्षा हुने क्रममा केही कमी आउने सम्भावना रहेको छ । यद्यपि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधारा मापन केन्द्रमा सबैभन्दा धेरै ६ सय २२ मिलिमिटर वर्षाको मापन भएको छ । यस्तै कैलालीको धनगढी विमानस्थल मापन केन्द्रमा १ सय २५ मिलिमिटर वर्षाको मापन भएको छ । कञ्चनपुरको हनुमाननगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा धेरै पानी परेको र थप पानी पर्नसक्ने हुँदा यस क्षेत्र भई बग्ने धेरै नदीहरूमा जलसतह खतरा तहभन्दा माथि रहेकाले उच्च सतर्कता उपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै कैलालीको मालाखेतीमा मोहना नदी र डडेल्धुराको पारीगाउँ मापन केन्द्रमा महाकाली नदीले सतर्कता तह पार गरेको छ । यस्तै बिहान काठमाण्डौको कपन, पानीपोखेरीलागायतका केही ठाउँमा पनि ठूलो पानी परेको छ । विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले टेकु दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना नरहे पनि अबको २र३ दिन हल्कादेखि मध्यम वर्षा हुने र रोकिने क्रम दिनैभरि चलिरहने मौसमविद् गोविन्द झाले बताउनुभयो । वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : 3:00 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर