ताप्लेजुङको दोभानमा उद्योग वाणिज्य सम्बन्धी एकदिने घुम्ती शिविर



पबित्रा लिम्बू
ताप्लेजुङ –
ताप्लेजुङको दोश्रो ठुलो व्यापारिक केन्द्र दोभान बजारमा उद्योग वाणिज्य सम्बन्धी घुम्ती शिविरको आयोजना गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजना तथा उद्योग वाणिज्य संघ दोभान शाखाको समन्वयमा मेरिङदेन गाउँपालिका गाउँपालिका ३ दोभान बजारमा शनिबार एक दिने घुम्ती शिविरको आयोजना गरिएको हो ।

शिविरमा उद्योग वाणिज्य सम्बन्धी परामर्श सेवा प्रदान, व्यवसाय दर्ता तथा नवीकरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नविन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दोभानमा सञ्चालित व्यवसायीहरुको सहजताका लागि घुम्ती शिविरको आयोजना गरिएको हो । कार्यक्रममा व्यवसाय सञ्चालनका लागि आवश्यक कागजात, दर्ता तथा नवीकरणको समयावधि लगायतको विषयमा प्रकाश पारिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा मेरिङदेन गाउँपालिका ३ खाम्लुङ वडाध्यक्ष गजेन्द्र नाल्बो, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साई, सूचना अधिकारी नविन भट्टराई, कर्मचारी बिपुल कार्की, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेन्द्र भारती लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 2:29 pm

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती