ताप्लेजुङको दोभानमा उद्योग वाणिज्य सम्बन्धी एकदिने घुम्ती शिविर



पबित्रा लिम्बू
ताप्लेजुङ –
ताप्लेजुङको दोश्रो ठुलो व्यापारिक केन्द्र दोभान बजारमा उद्योग वाणिज्य सम्बन्धी घुम्ती शिविरको आयोजना गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजना तथा उद्योग वाणिज्य संघ दोभान शाखाको समन्वयमा मेरिङदेन गाउँपालिका गाउँपालिका ३ दोभान बजारमा शनिबार एक दिने घुम्ती शिविरको आयोजना गरिएको हो ।

शिविरमा उद्योग वाणिज्य सम्बन्धी परामर्श सेवा प्रदान, व्यवसाय दर्ता तथा नवीकरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नविन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दोभानमा सञ्चालित व्यवसायीहरुको सहजताका लागि घुम्ती शिविरको आयोजना गरिएको हो । कार्यक्रममा व्यवसाय सञ्चालनका लागि आवश्यक कागजात, दर्ता तथा नवीकरणको समयावधि लगायतको विषयमा प्रकाश पारिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा मेरिङदेन गाउँपालिका ३ खाम्लुङ वडाध्यक्ष गजेन्द्र नाल्बो, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साई, सूचना अधिकारी नविन भट्टराई, कर्मचारी बिपुल कार्की, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेन्द्र भारती लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 2:29 pm

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला