१ लाख घुस सहित फुङलिङ नगरपालिकाका कर्मचारी अख्तियारको नियन्त्रणमा



ताप्लेजुङ । फुङलिङ नगरपालिकाका एक कर्मचारीलाई घुस सहित नियन्त्रण लिइएको छ । नगरपालिकामा अधिकृत स्तर छैटौँ, सिभिल इन्जिनियर पदमा कार्यरत अख्तर हुसैनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको हो ।

अख्तियार अनुसन्धान आयोग ईटहरीबाट खटेको टोलिले हुुसैनलाई सेवाग्राहीबाट नगद १ लाख रुपैयाँ लिइसकेको अबस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार खेलमैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा ईटहरीबाट खटेको टोलिले सोमबार नियन्त्रणमा लिएको हो ।

उनलाई फुङलिङ नगरपालिका ४ न्युरोड ट्याक्सी स्ट्याण्ड नजिकबाट पक्राउ गरिएको आयोगले जनाएको छ । नियन्त्रणमा रहेका हुसैनमाथि थप अनुसन्धान गर्ने आयोगले बताएको छ ।

प्रकाशित मिति : 3:41 pm

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला