१ लाख घुस सहित फुङलिङ नगरपालिकाका कर्मचारी अख्तियारको नियन्त्रणमा



ताप्लेजुङ । फुङलिङ नगरपालिकाका एक कर्मचारीलाई घुस सहित नियन्त्रण लिइएको छ । नगरपालिकामा अधिकृत स्तर छैटौँ, सिभिल इन्जिनियर पदमा कार्यरत अख्तर हुसैनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको हो ।

अख्तियार अनुसन्धान आयोग ईटहरीबाट खटेको टोलिले हुुसैनलाई सेवाग्राहीबाट नगद १ लाख रुपैयाँ लिइसकेको अबस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार खेलमैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा ईटहरीबाट खटेको टोलिले सोमबार नियन्त्रणमा लिएको हो ।

उनलाई फुङलिङ नगरपालिका ४ न्युरोड ट्याक्सी स्ट्याण्ड नजिकबाट पक्राउ गरिएको आयोगले जनाएको छ । नियन्त्रणमा रहेका हुसैनमाथि थप अनुसन्धान गर्ने आयोगले बताएको छ ।

प्रकाशित मिति : 3:41 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै