बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य



नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ बढाएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

भाउ बढेपछि अब पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य लिटरको एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यसैगरी डिजेल र मट्टीटेलको मूल्य लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा पुगेको छ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६६ रूपैयाँ तथा डिजेल र मट्टीतेल लिटरको एक सय ५६ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६७ रूपैयाँ तथा डिजेल र मट्टीतेल भाउ लिटरको एक सय ५७ रूपैयाँ पुगेको छ ।

प्रकाशित मिति : 1:07 am

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर

मेरिङदेनका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य

ताप्लेजुङ, बैशाख १० गते । मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र