मिक्वाखोलामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । करुणा फाउन्डेसन नेपालसँगको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको हो ।

उक्त कार्यक्रम सञ्चालन गर्न मिक्वाखोला गाउँपालिका र करुणा फाउन्डेसन नेपालबिच आइतबार सम्झौता भएको छ । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र करुणा फाउन्डेसन नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक रुपा सिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ ।

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम आगामी साउन महिनादेखि सुरु भएर २०८४ साल असार मसान्तसम्म सञ्चालन हुने थापाले बताउनुभयो । कार्यक्रमका लागि कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको लागत साझेदारी हुने उहाँले जानकारी दिनुभयो । करुणा फाउन्डेसन नेपालले भने प्राविधिक सहयोगसमेत गर्ने छ ।

कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८१/०८२ मा ४६ लाख १८ हजार ९५० रुपियाँ खर्च गरिने छ । उक्त कुल बजेटमध्ये गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको समान १५ लाख ३९ हजार ६५० रुपियाँ रहेको छ । अपाङ्गता रोकथाम र पुनःस्थापनामा आधारित विभिन्न क्रियाकलापमा बजेट खर्च हुने पनि गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

कार्यक्रम सम्झौताको रोहबरमा गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पा, प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्या, करुणा फाउन्डेसन नेपालका जिल्ला संयोजक केदार भण्डारी, पालिका संयोजक प्रदीपकुमार जोशीलगायत बस्नुभएको छ । यसअघि मेरिङ्देन गाउँपालिकामा पनि अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न गाउँपालिका र करुणा फाउन्डेसनबिच सम्झौता भइसकेको छ । gorkhapatraonline.com

प्रकाशित मिति : 12:54 am

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला