मिक्वाखोलामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । करुणा फाउन्डेसन नेपालसँगको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको हो ।

उक्त कार्यक्रम सञ्चालन गर्न मिक्वाखोला गाउँपालिका र करुणा फाउन्डेसन नेपालबिच आइतबार सम्झौता भएको छ । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र करुणा फाउन्डेसन नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक रुपा सिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ ।

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम आगामी साउन महिनादेखि सुरु भएर २०८४ साल असार मसान्तसम्म सञ्चालन हुने थापाले बताउनुभयो । कार्यक्रमका लागि कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको लागत साझेदारी हुने उहाँले जानकारी दिनुभयो । करुणा फाउन्डेसन नेपालले भने प्राविधिक सहयोगसमेत गर्ने छ ।

कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८१/०८२ मा ४६ लाख १८ हजार ९५० रुपियाँ खर्च गरिने छ । उक्त कुल बजेटमध्ये गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको समान १५ लाख ३९ हजार ६५० रुपियाँ रहेको छ । अपाङ्गता रोकथाम र पुनःस्थापनामा आधारित विभिन्न क्रियाकलापमा बजेट खर्च हुने पनि गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

कार्यक्रम सम्झौताको रोहबरमा गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पा, प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्या, करुणा फाउन्डेसन नेपालका जिल्ला संयोजक केदार भण्डारी, पालिका संयोजक प्रदीपकुमार जोशीलगायत बस्नुभएको छ । यसअघि मेरिङ्देन गाउँपालिकामा पनि अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न गाउँपालिका र करुणा फाउन्डेसनबिच सम्झौता भइसकेको छ । gorkhapatraonline.com

प्रकाशित मिति : 12:54 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर