प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्न फक्ताङलुङद्धारा प्रकोप व्यवस्थापन कोष स्थापना




रेडियो काबेली
ताप्लेजुङ । प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्न फक्ताङलुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाले पालिका भित्र बाढी,पहिरो, डुबान आदीका कारण विस्थापित एव्म क्षती भएका घर परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रकोप व्यवस्थापन कोषको स्थापना गरेको विज्ञप्ती मार्फत जनाएको छ ।

विगतका दिनमा सहयोगी हातबाट प्राप्त सहयोग कतिपय अवस्थामा वास्तविक पिडित सम्म नपुगेकोले वास्तविक पिडितसम्म सहयोग पु¥याउने उद्देश्यले उक्त कोषको स्थापना गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सहयोग गर्न चाहने संघसंस्था, देश तथा विदेशमा रहने सहयोगीहरुलाई गाउँपालिकाले आधिकारिक रुपमा ल्याएको प्रकोप कोषमा जम्मा गरिदिन विज्ञप्ति निकालेर अनुरोध गरेको छ ।

सहयोगको लागि पालिकाले प्रकोप व्यवस्थापन कोष खाता ग्लोबल आइएमइ बैंक फक्ताङलुङ शाखाको २६६०४० १००००००६ खाता नम्बर तथा क्यूआर कोड पनि विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । संकलित सहयोग स्थानीय सरकार मार्फत वास्तविक प्रकोप प्रभावित पीडितलाई पहिचान गरी हस्तान्तरण गर्ने, सहयोगीहरूले आफूले सहयोग गरेको विवरण सार्वजनिक गर्न चाहेमा गाउँपालिका, गाउँपालिकाको वेबसाइट तथा सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गर्ने पालिकाले जनाएको छ ।

साथै त्रैमासिक रुपमा उक्त कोषको आय–व्याय समेत सार्वजनिक गर्ने बताइएको छ । भौगोलिक रूपमा नेपालकै तेस्रो ठूलो र अत्यन्तै विकट रहेको फक्ताङ्लुङ गाउँपालिकाका स्थानीयवासीलाई बर्षेनी आउने प्राकृतिक प्रकोपले पु¥याउँदै आएको क्षतिमा थोरै भएपनि मलमपट्टी गर्ने काम स्थानीय सरकार, विभिन्न संघसंस्था, समाजसेवी ,बुद्धिजीवी गर्दै आउनु भएको सहयोग प्रति गाउँपालिकाले प्रशंसा समेत गरेको छ ।

प्रकाशित मिति : 3:52 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर