फक्ताङलुङमा बाढी पहिरोले ३ हप्तादेखी यातायात बन्द, स्थानीय विद्युत र संचारबाट समेत बञ्चित




एलिना दियाली
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकामा बाढी पहिरोले गर्दा तिन हप्तादेखी यातायात बन्द रहेको छ । गत जेठ ३० गतेदेखी परेको अविरल वर्षासँगै गएको बाढी र पहिरोले फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको थियो । बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ ।

वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो । यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ ।

पालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण जेठ अन्तिम सातादेखी यातायात सेवा अवरुद्ध बनेको हो । अध्यक्ष लिम्बुले यस सम्बन्धमा सम्बन्धित निकायमा जानकारी गराएपनि जिम्मेवार निकायले ध्यान नदिएकोे बताउनुभयो ।
उहाँले भन्नुभयो,“फक्ताङ्लुङ गाउँपालिका जोड्ने बाटोहरु बाढी पहिरोले ३ हप्ता देखि बन्द छ्न, धेरै पटक सम्बन्धित निकायहरुमा फोन गरेको छु तर कामले गति लिएको छैन । सडक विभाग पनि गैर जिम्मेवार बनेको छ ।”


त्यस्तै गरि पालिका अध्यक्ष लिम्बुले फेवा कन्स्ट्रक्सनले तमोर करोडोर सिस्ने थिवा खण्ड बाटो खनेर अलपत्र छोडी राखेकोले यातायात बन्द भएको र जसका कारण नागरिकहरु ३ हप्ता देखिन बन्धकमा परेको, खाद्यान्न सकिएको, औषधी उपचारका लागि एम्बुलेन्स चल्न नसक्दा पालिकाकाबासीको समस्याको जिम्मेवार को बन्ने ? यी समस्याबाट उत्पन्न क्षतीको जिम्मवारी कस्ले लिने भन्ने विषयमा अध्यक्ष लिम्बुले प्रश्न समेत गर्नुृभएको छ।

त्यस्तै फक्ताङलुङमा केन्द्रिय प्रसारण लाईन एक हप्ता देखि अवरुद्ध भएको र यस सम्बन्धमा पनि विद्युत प्राधिकरणलाई जानकारी गराउँदा पनि यसको सुनाई नभएको पालिकाले जनाएको छ । बाढी र पहिरोको समस्या झेलिरहका फक्ताङलुङबासी टेलिफोन सेवा समेत अवरुद्ध हुँदा संचार सेवाबाट समेत बञ्चित रहेको पालिकाले जनाएको छ।

फक्ताङलुङ गाउँपालिका वडा नंं.–२ खेजेनिममा जेठ ३२ गते राति पहिरो जाँदा पालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गङ्गा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मै ज्यान गएको थियो ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार १५:१४

शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने शिक्षक तथा विद्यालय रिड नेपालद्वारा पुरस्कृत

साहारा लिम्बू लङ्वा ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक (ग्रेडवृद्धि) को

२ दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि

पछिल्ला दुई दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि भएको एउटा अध्ययनले

आज यी स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावका कारण मंगलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, शुरुमा ओली प्रधानमन्त्री बन्ने

नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ुराष्ट्रिय सहमतिकोु