मेरिङेदन ४ लिङ्तेपमा समीक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ४ नं. वडा कार्यालय लिङ्तेपले समीक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वडा कार्यालयबाट भएको सेवा प्रवाह तथा चालू आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका योजनाहरूको समीक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  

सार्वजनिक सुनाई कार्यक्रममा बोल्दै मेरिङदेन गाउँपालिका अध्यक्ष युक हाङ बिर हाङ्गाम (डम्बर)ले पालिकाले दोभान देखि पालिकाको केन्द्र सान्थाक्रासम्मको कालो पत्रलाई गौरवको योजनाको रुपमा अघि सारेको बताउनुभयो । पालिका भित्रै विद्यार्थीहरूलाई कक्षा १२ सम्म अध्ययन गर्ने वातावरण बनाउन आगामी आर्थिक वर्षमा पालिकाका पान्दोलुङ मा.बि. लक्ष्मी मा.बि.मा प्लस टु कक्षा सञ्चालन गर्ने कुरालाई पनि बजेट बिनियोजन भएको जानकारी दिनुभयो । 

कार्यक्रममा वडा रहेका १० वटा टोल विकास समितिका अध्यक्षहरूले आफूले गरेको काम, वडाले गरेको काम र आगामी आर्थिक वर्षको बजेटको विषयमा सल्लाह, सुझाब र गुनासो राखेका थिए । उनीहरूले आफ्नो टोलमा कम बजेट परेको, बर्खे विकासले बाढीपहिरोको समस्या भएको गुनासो गरेका छन । गुनासोहरूको अध्यक्ष बेद प्रसाद लिम्बुले जवाफ दिनु भएको थियो । 

स्थानीयले युनाइटेड मेवा हाइड्रोपावरले दिएको सामाजिक उत्तरदायित्व अन्तरगतको १ करोड ३८ लाख रुपैयाँ प्रभावित क्षेत्रले नपाएको गुनासो गरेका छन भने अध्यक्ष लिम्बुले नियम अनुसार काम गर्दै आएको बताउनुभयो ।

प्रकाशित मिति : 2:31 pm

मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला