मेरिङदेनले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि मेरिङ्देन गाउँपालिकाले कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपाल सँग साझेदारी गर्ने भएको छ । आज एक कार्यक्रमको बिच गाउँपालिका र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सँगै करुणा फाउन्डेसन नेपाल बिच त्रिपक्षीय सम्झौता भएको हो । 

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न आगामी दुई आर्थिक वर्षको लागि गाउँपालिकाले १५ लाख रुपैयाँ छुट्याउने छ भने त्यसको दोब्बर कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालले दिने गाउँपालिका अध्यक्ष युक हाङ बिर हाङ्गाम डम्बरले जानकारी दिनुभएको छ ।  

सम्झौता कार्यक्रममा करुणा फाउन्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक रूपा सिवाकोटी, ताप्लेजुङ जिल्ला संयोजक केदार भण्डारी र मेरिङदेन गाउँपालिका संयोजक प्रदिप कुमार जोशीको उपस्थिति रहेको मेरिङदेन गाउँपालिका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनु भएको छ । 

उक्त सम्झौतालाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष हाङ्गामले प्रतिवद्धता जनाउनुभएको छ । सम्झौता अवधि ३ वर्ष रहने उहाँको भनाई छ । 

प्रकाशित मिति : 2:02 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै