मेरिङदेनले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि मेरिङ्देन गाउँपालिकाले कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपाल सँग साझेदारी गर्ने भएको छ । आज एक कार्यक्रमको बिच गाउँपालिका र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सँगै करुणा फाउन्डेसन नेपाल बिच त्रिपक्षीय सम्झौता भएको हो । 

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न आगामी दुई आर्थिक वर्षको लागि गाउँपालिकाले १५ लाख रुपैयाँ छुट्याउने छ भने त्यसको दोब्बर कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालले दिने गाउँपालिका अध्यक्ष युक हाङ बिर हाङ्गाम डम्बरले जानकारी दिनुभएको छ ।  

सम्झौता कार्यक्रममा करुणा फाउन्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक रूपा सिवाकोटी, ताप्लेजुङ जिल्ला संयोजक केदार भण्डारी र मेरिङदेन गाउँपालिका संयोजक प्रदिप कुमार जोशीको उपस्थिति रहेको मेरिङदेन गाउँपालिका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनु भएको छ । 

उक्त सम्झौतालाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष हाङ्गामले प्रतिवद्धता जनाउनुभएको छ । सम्झौता अवधि ३ वर्ष रहने उहाँको भनाई छ । 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार १४:०२

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन