सिरिजङ्घाको बजेट ५३ करोड भन्दा बढी




रेडियो काबेली

ताप्लेजुङ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागी ५३ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार पालिकाको केन्द्र तल्लोकमा उपाध्यक्ष डाक्टर चित्र मावोले ५३ करोड ७७ लाख २९ हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो ।

गाउँपालिकाको चालुतर्फ खर्च ९ करोड २४ लाख ४३ हजार ८ सय, आर्थिक विकासतर्फ २ करोड, सामाजिक विकासतर्फ ३ करोड ७३ लाख ९८ हजार २ सय रुपैँया, पुर्वाधार विकासतर्फ ४ करोड २५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १ करोड २० लाख, समपुरक कोषतर्फ ९० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 4:10 pm

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा