ताप्लेजुङमा भरुवा बन्दुक सहित एक पक्राउ




रेडियो काबेली

ताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिकामा भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालिकाको वडा नंं. ४ डुम्रिसे निवासी ४२ वर्षीय नरेश खोयाहाङ (लिम्बु) रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

उहाँका अुनसार डुम्रिसे स्थित पिप्लेश्वरी आधारभुत विद्यालय अगाडी लोड गरिएको एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद ५७ ग्राम, गोली जस्तो बस्तु एकथान, काँटी सहित सलाईको बट्टा ६ थान र खुकुरी एक थानसहित लिम्बुलाई पक्राउ गरिएको हो । लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङमा ७ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 3:32 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा