विपद उद्धार कार्यमा उल्लेखनीय भुमिका निर्वाह गरेका तिन प्रहरी पुरस्कृत




रेडियो काबेली

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले विपद उद्धार कार्यमा उल्लेखनीय भुमिका निर्वाह गर्ने तिन प्रहरीलाई पुरस्कृत गरेको छ । प्रहरी सहायक निरीक्षक ईन्द्र बहादुर मगर, प्रहरी सहायक हवल्दार सुमन पौडेल र प्रहरी जवान योगेन नेम्वाङलाई विपद उद्धार कार्यमा उल्लेखनीय भुमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पुरस्कृत गरेको हो ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. २ तिङ्दुमा जेठ ३२ गते गएको पहिरोमा लासहरुको व्यवस्थापनमा उच्च मनोवल र साहासका साथ आ–आफ्नो पदिय दायित्व अनुसार आफुलाई दिएको जिम्मेवारी त्रुटिरहित तबरबाट कार्य सम्पादन गरि प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेकोमा पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

कार्यालयको दैनिक कार्यमा समेत लगनशिलताकासाथ दिइएको जिम्मेवारी अनुसार उत्कृष्ट कार्य गरेको हुँदा कार्यको उच्च मुल्यांकन गर्दै उनीहरुलार्ई जिल्ला प्रहरी ताप्लेजुङका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले प्रहरी नियमावली अनुसार अभिलेखमा रहने गरि नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भएको हो ।

अविरल वर्षाका कारण गएको उक्त पहिरोमा परि फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्रा (रविन) का बुबा राम बहादुर साम्रा लिम्बु सहित कान्छी आमा र दुई जुम्ल्याहा बहिनीको ज्यान गएको थियो ।

प्रकाशित मिति : 3:18 pm

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका