फक्ताङलुङमा पहिरोमा परी ज्यान गुमाएका पीडित साम्रा परिवारलाई कोशी प्रदेश सरकारले दियो ३ लाख 



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका खोजिनिममा बाढी पहिरोमा परी ज्यान गुमाएका पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । फक्ताङलुङ २ खेजिनिमका पीडित परिवारलाई कोशी प्रदेश सरकारले राहत स्वरुप नगद ३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिला बल्लभ अधिकारी ताप्लेजुङका प्रदेश सांसदहरू तिलकुमार मेन्याङबो, खगेनसिंह हाङगाम र निर्मला तावाले पीडित परिवारलाई संयुक्त रुपमा राहत स्वरुप चेक हस्तान्तरण गर्नु भएको छ । 

मन्त्री तथा सांसदले ताप्लेजुङमै आएर पीडित परिवारका सदस्य विकास साम्रा र आदित्य साम्रालाई चेक हस्तान्तरण गरेका हुन । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा आयोजित  आन्तरिक मामिला तथा कानून मन्त्रीसँग विपद व्यवस्थापन क्षेत्रमा क्रियाशील सरकारी तथा गैर सरकारी निकाय सँगको समन्वय बैठकमा चेक उपलब्ध गराइएको छ । 

शनिबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पीडित परिवारलाई नगद प्रदान गरेको हो । बैठकले एकै परिवारको २ जनाको ज्यान गएमा २ लाख र त्यो बढीको सङ्ख्यामा ज्यान गए प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले नगद दिने निर्णय गरेको छ । 

गत जेठ ३२ गते राति गएको पहिरोमा परि एकै परिवारका ७० वर्षीय रामबहादुर साम्रा  ५० वर्षीय श्रीमती जसमाया साम्रा, १० वर्षीय जुम्ल्याहा छोरी  गंगा र जमुना साम्रा  ४ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : 1:54 pm

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५