फक्ताङलुङमा पहिरोमा परी ज्यान गुमाएका पीडित साम्रा परिवारलाई कोशी प्रदेश सरकारले दियो ३ लाख 



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका खोजिनिममा बाढी पहिरोमा परी ज्यान गुमाएका पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । फक्ताङलुङ २ खेजिनिमका पीडित परिवारलाई कोशी प्रदेश सरकारले राहत स्वरुप नगद ३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिला बल्लभ अधिकारी ताप्लेजुङका प्रदेश सांसदहरू तिलकुमार मेन्याङबो, खगेनसिंह हाङगाम र निर्मला तावाले पीडित परिवारलाई संयुक्त रुपमा राहत स्वरुप चेक हस्तान्तरण गर्नु भएको छ । 

मन्त्री तथा सांसदले ताप्लेजुङमै आएर पीडित परिवारका सदस्य विकास साम्रा र आदित्य साम्रालाई चेक हस्तान्तरण गरेका हुन । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा आयोजित  आन्तरिक मामिला तथा कानून मन्त्रीसँग विपद व्यवस्थापन क्षेत्रमा क्रियाशील सरकारी तथा गैर सरकारी निकाय सँगको समन्वय बैठकमा चेक उपलब्ध गराइएको छ । 

शनिबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पीडित परिवारलाई नगद प्रदान गरेको हो । बैठकले एकै परिवारको २ जनाको ज्यान गएमा २ लाख र त्यो बढीको सङ्ख्यामा ज्यान गए प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले नगद दिने निर्णय गरेको छ । 

गत जेठ ३२ गते राति गएको पहिरोमा परि एकै परिवारका ७० वर्षीय रामबहादुर साम्रा  ५० वर्षीय श्रीमती जसमाया साम्रा, १० वर्षीय जुम्ल्याहा छोरी  गंगा र जमुना साम्रा  ४ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार १३:५४

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन