मैवाखोला १ र मेरिङदेन गाउँपालिका जोड्ने झोलुङ्गे पुलको काम अन्तिम चरणमा



ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. १ सुर्बिरे र मेरिङदेन गाउँपालिका जोड्ने झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । मैवाखोला गाउँपालिका र टि भि एस यू हेल्प स्टार नेपालको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

पुलको निर्माण कार्य उपभोक्ता समिति मार्फत हुँदै आएको छ । उपभोक्ता समितिले असारको १० गते सम्म काम सक्ने गरि पुल निर्माणका लागि गाउँपालिका सङ्ग सम्झैता गरेको थियो । उक्त पुलको लम्बाई ८५ मिटर रहेको छ । पुलको कुल लागत ४६ लाख ३ हजार ३ सय ९० रुपैयाँ रहेको छ । 

गत सालको असार २ गते आएको बाढीले उक्त स्थानमा रहेको झोलुङ्गे पुल बगाएको थियो । यो पुल मैवाखोलामा थापिएको मध्ये सबैभन्दा पुरानो पुल पनि हो।

प्रकाशित मिति : 6:13 am

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण