साब्लाखुमा एक घर पहिरोले बगायो आठ परिवार जोखिममा




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ४ साब्लाखुमा पहिरोले एक घर बगाएको छ भने आठ घर जोखिममा रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवंम प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीका अुनसार आईतबार साब्लाखुका मान बहादुर लकान्द्रीको घर माथिबाट आएको पहिरोले घर बगाएको हो ।

उनको पशुचौपाया समेत पहिरोले बगाएको र उक्त परिवारान तिन जना रहेको र उनीहरुको उद्धार गरी छिमेकी कृष्ण लकान्द्रीको घरमा राखिएको छ । त्यस्तै सोही ठाउँका आठ परिवार जोखिममा रहेको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो । उहाँका अुनसार यज्ञ लकान्द्रीको खालि घर,श्याम लकान्द्री,पदम लकान्द्री, डिल्ली पौडेल र नरेन्द्र लिम्बुको घर पहिरोको जोखिममा रहेका छन् ।

त्यस्तैगरी सोही ठाउँका पुर्णिमाया तामाङ,चन्द्र भट्टराई र सन्त कुमार लिम्बुको घरपनि जोखिममा रहेको प्रहरीको भनाई छ । निरन्तर पानि परेकाले उक्त आठ वटै घरका ३८ जनालाई साब्लाखु ५ मा अवस्थित सिंहदेवी आधारभुत विद्यालयमा राखिएको छ । निरन्तर पानि परिरहेकाले सम्भावित बाढी र पहिरोबाट सर्तक भएर बस्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : 4:21 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम