फुङलिङ र मिक्वाखोलाका दुई युवा लागुऔषध सहित पक्राउ




ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाका दुई युवा लागु औषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं. ४ का २० वर्षीय विनोद लिम्बु र मिक्वाखोला गाउँपालिका वडा नंं. ४ साँवाका २८ वर्षीय प्रनिस लिम्बु रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी कमल कुमार लुङ्गेलीका अनुसार फुङलिङ नगरपालिका वडा नं. ५ स्थित ट्याक्सी काउन्टरबाट लागुऔषध जस्तो शंका लागेर उनीहरुलाई पक्राउ गरि अनुसन्धान गर्दा ट्रामाडोल हाईड्रोक्लोरिड क्याप्सुल भएको पुष्टि भएको हो ।

उहाँका अनुसार विनोदका साथबाट ट्रामाडोल हाईड्रोक्लोरिड क्याप्सुल दश पिस र प्रनिसको साथबाट सोही क्याप्सुल दुई थान बरामद गरिएको छ । उनीहरुलाई जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 3:35 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य