मेरिङदेन गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पृथ्वी मावि प्रथम




ताप्लेजुङ । ताप्लेजङको मेरिङदेन गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय,खाम्लुङ प्रथम भएको छ । पालिकाको महिला विकास शाखाद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा सिन्धकाली आधारभुत विद्यालय द्धितिय, सुर्के माध्यमिक विद्यालय तृतिय र नाल्बु आधारभुत विद्यालय सान्तावना स्थान हाँसिल गर्न सफल भएका छन् । प्रथम भएसँगै पृथ्वी माविले नगद १० हजार, द्धितिय भएको सिन्धकालीले ८ हजार, तृतिय भएको सुर्के माविले नगद ५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् भने सान्तवाना भएको नाल्बु आधारभुत विद्यालयले नगद तिन हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितमा पालिका भित्र रहेका १३ वटा सामुदायिक विद्यालयमा गठन भएका बाल क्लबहरुको सहभागीता रहेको थियो । गाउँपालिकाकी महिला शाखा प्रमुख भावना घर्तीका अुनसार प्रतियोगितामा सहभागी भएका सबै विद्यालयलाई सम्मान पत्रले सम्मान गरिएको छ भने सहभागी विद्यार्थीहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ ।

गाँपालिका प्रमुख युक हाँ बिर हाङ्गाम (डम्बर)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभाअध्यक्ष गाउँपालिका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङचोङले गुर्न भएको थियो । कार्यक्रममा मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर सुब्बा, विभिन्न विद्यालयका शिक्षक साथै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 12:17 pm

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई